वरिष्ठ गायक दीप श्रेष्ठ आइसीयूमा भर्ना
वरिष्ठ गायक एवं गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का कोच दीप श्रेष्ठको शरीरमा अक्सिजन लेभल कम देखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सो ले गत साता सो नै स्थगित गरेको थियो ।गायक श्रेष्ठमा २ साताअघि कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले यो रोगसँग जुधिरहनु भएको छ ।साथै, ‘द भ्वाइस अफ नेपाल’को अन्य कोच हरू तृष्णा गुरुङ रगायक प्रमोदलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी हरू कोरोनामुक्त भैसकेका छन् ।





