Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘चपली हाइट ३’ कमजोर ओपनिङ ...

‘चपली हाइट ३’ कमजोर ओपनिङ ...

images
  • समाचार
  • माघ १, २०७८ शनिवार ११:१९ बजे
  • 874
    SHARES
  • images

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएका दुबै फिल्मले नेपाली बक्सअफिसमा कमजोर ओपनिङ गरेका छन् । स्वस्तिमा खड्का स्टारर ‘चपली हाइट’ले अपेक्षाभन्दा निकै कम ३० प्रतिशत अकुपेन्सीसहितको ओपनिङ गरेको सम्बन्धित हल संचालकले नेपाल प्रेसलाई बताएका छन् ।

    आजदेखि नै प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले न्यून सोज संख्याबीचमै १५ प्रतिशत अकुपेन्सी बराबरको सुरुआत गरेको छ ।

    मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले चपली हाइटको तेस्रो सिक्वेललाई शुक्रबार १४ सोज दिएको थियो । ‘हामीले अपेक्षा गरेभन्दा निकै कम ३० प्रतिशत जति अकुपेन्सी देखिएको छ’ क्यूएफएक्स स्रोतले भन्यो, ‘यसो हुनुमा कन्टेन्ट वा ओमिक्रोन कुन कारण हो, बुझ्न सकिएन ।’

    एक्लै रिलिज भएको चपली हाइटलाई हलहरुले राम्रो सोज प्रदान गरेका थिए । यसको एड्भान्स बुकिङ पनि न्यून थियो । शुक्रबार स्पाइडरम्यान, पुष्पाको अकुपेन्सी पनि करिब ५ प्रतिशतको वरपर थियो ।

    शुक्रबारदेखि प्रदर्शनमा आएको जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ले केही सोज मात्र पाएको थियो । ‘बरु यो फिल्मको सोज थोरै भएपनि अकुपेन्सी राम्रो देखियो’ क्यूएफएक्स स्रोतले भन्यो, ‘दर्शकमाझ यसको डिमान्ड राम्रो रहेको बुझियो ।’

    शनिबार पनि चपली हाइटलाई क्यूएफएक्सले १४ सोज नै उपलब्ध गराउँदा माइ हिरो अकाडेमियाले सात सोज पाएको छ । कठ्पुतलीले शनिबार ८ सोज, पुष्पाले १४ सोज र स्पाइडरम्यानले क्यूएफएक्समा पाँच सोज दिएको छ ।

    पछिल्लो साता तीव्ररुपमा वृद्धि भैरहेको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन असर नेपाली बक्सअफिसमा देखिएको छ । अर्कोतर्फ, चपली हाइट ३ को ट्रेलरलाई लिएर दर्शकमाझ मिश्रित प्रतिक्रिया पनि प्राप्त भएको थियो ।

    नेपाली फिल्मको ओपनिङमा ट्रेलरको प्रभाव पनि जबर्जस्तरुपमा देखिँदै आएको छ । अघिल्लो साता रिलिज भएको कठ्पुतलीको राम्रो ओपनिङ पछाडि ट्रेलरलाई कारण मानिएको थियो । तर, कठ्पुतलीले पनि अपेक्षाकृत प्रतिक्रिया चाहिँ पाउन सकेन ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology