Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

 ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

 ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

images
  • समाचार
  • माघ १, २०७८ शनिवार ११:१३ बजे
  • 565
    SHARES
  • images

    काठमाडौं- ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको फिल्मको टिजर शुक्रबार ‘बुढासुब्बा डिजिटल’को युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

     
     
     

    फिल्ममा रमणीय क्षेत्रमा अनमोल र सुहानाबीचको रोमेन्सलाई देखाइएको छ। आगामी वर्षको १ वैशाखमा प्रदर्शनमा आउने यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन्। 

     
     
     

    फिल्म सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको हो। फिल्मको झरनाले लेखेकी हुन् भने पटकथा र संवाद थापासँगै छेतन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडेल, उपकार पाण्डे र माधव शर्माले संयुक्त रुपमा लेखेका छन्। फिल्मको सहायक निर्देशक बसन्त अधिकारी रहेका छन्। 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology