Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

हरि मल्ल ठकुरीले किने अस्ट्रेलियाको लागि चलचित्र "ए मेरो हजुर ४"

हरि मल्ल ठकुरीले किने अस्ट्रेलियाको लागि चलचित्र "ए मेरो हजुर ४"

images
  • 1.9K
    SHARES
  • images

    काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट्स ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले किनेको छ । राइट्सको बिषयमा चलचित्रको तर्फबाट निर्देशक झरना थापा, ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरी बीच आइतबार सम्झौता भएको छ । चलचित्रको अष्ट्रेलियामा प्रदर्शन लगायतको सम्पुर्ण ब्यवस्थापन ग्लोबल मिडिय एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले गर्नेछन् । ‘कलाकार तथा निर्माण युनिट राम्रो हुनुका साथै चलचित्रको चर्चा पनि भएकोले आफुले अष्ट्रेलिया राइट्स किनेको हो’ ग्लोबल मिडियाको चियर पर्सन हरि मल्ल ठकुरीले भने। नेपाली चलचित्रको बजारलाई फराकिलो बनाउनुको साथै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उदेश्यले ग्लोबल मिडिया एन्ड रिसर्च प्रा लि अहिले सम्म ८ वटा चलचित्र अस्ट्रेलिया राइट किनिसकेको छ। झरना थापा निर्देशित चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रले युवाबर्गको प्रेमकथा मुख्य बिषयबस्तु बनाएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले औरियल प्रोडक्सनसँगको सहकार्यमा चलचित्र ‘लाखे’ निर्माण गर्न लागेको छ । जसको छायाँकन केही दिनमा नै सुरु हुँदैछ । चलचित्र ‘ए मेरो हजुर ४’ समय अनुकुल रहेमा आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ।received_1103423777140352.jpeg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology