१५ जेठ। गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् ।“यतिबेला चुनाव गराईँदैन र हुँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव निश्पक्ष र स्वतन्त्र हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।” प्रधानमन्त्री ओलीले भनेका छन्।
निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षा अनुसार काम गर्न उत्प्रेरित गर्नेछ । प्रधानमन्त्री ओलीले निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए ।




