Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ज्ञानेन्द्र मल्ल  र दिपेन्द्रसिंह ऐरी लाई कारबाही, सन्दीप  नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

ज्ञानेन्द्र मल्ल  र दिपेन्द्रसिंह ऐरी लाई कारबाही, सन्दीप  नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

images
  • खेलकुद
  • मंसिर २९, २०७८ बुधवार २१:०१ बजे
  • 1.7K
    SHARES
  • images

    मङ्सिर २९ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गरी पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बाेर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्दै कप्तान को जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ ।

    क्यानले जारी गरेको विज्ञप्तिमा कप्तान मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा सुरुको ६ महिना को लागि सहभागि नगराउने निर्णय पनि गरेको छ ।

    यसअघि क्यानले गरेको खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयलाई लिएर मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा गुनेसो गर्दै आउनुभएको थियो । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यवहारिक नभएको कारबाही गरिएका खेलाडीको भनाइ थियो । क्यानले खेलाडीसँग स्पष्टिकरण समेत सोधेको थियो । स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडीले आचार संहिता समेत पालना नगरेकोले कारबाही गरिएको क्यानले जनाएको छ ।

    यसैगरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा गर्ने, नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने, संघका पूर्वअध्यक्ष नरेश श्रेष्ठलाई क्यान सल्लाहकार समितिमा चयन गर्ने निर्णय क्यान बैठकले पनि गरेको छ

    can.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र मल्ल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology