मङ्सिर २४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुनेगरी तयारी गरिरहेको बताउनुभएको छ । आज थपलियाको गृह जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा प्रमुख आयुक्त ले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताउनुभयो । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिरहेकोबताउनुभयो ।राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताउनुभयो ।




