Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने बिरुद्ध ‘ज्यान मार्ने उद्योग’को मुद्दा दर्ता 

स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने बिरुद्ध ‘ज्यान मार्ने उद्योग’को मुद्दा दर्ता 

images
  • समाचार
  • जेठ १४, २०७८ शुक्रवार २०:२० बजे
  • 997
    SHARES
  • images

    भेरी अस्पताल (बाँके) का चिकित्सकमाथि आक्रमण गर्ने मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । कोभिड–१९ संक्रमित ५२ वर्षका पुरुष को बिहीबार राति मृत्यु भएपछि मृतकका आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । मृतकका भाइ मानबहादुर नेतृत्व को समूह ले आक्रमण  गरेपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्न आरोपीहरु दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ । घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ जना सदस्य रहेको छानविन समिती गठन गरेको छ । bheri.jpg

    काममा फर्किए - स्वास्थ्यकर्मी

    बाँकेका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका डीआईजीले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा सुरक्षाका लागी २५ जनाको टिम परिचालन गरिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology