Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

images
  • Uncategorized
  • मंसिर २३, २०७८ बिहिवार २०:२२ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा योगदानको कदरस्वरुप उहाँको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पु(याउन दिनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो हुलाक टिकटमा टाँचा प्रदान गर्नुभयो ।

    विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशङ्कर उपाध्याय घिमिरे तथा आमा द्रौपदीदेवी घिमिरेको कोखबाट जन्मिनुभएको राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा रहँदारहँदै गत भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको जानकारी दिनुभयो ।

    नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवं बहुसङ्ख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गर्नुभएका घिमिरे राष्ट्रप्रमुखबाट २०६० साल असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित हुनुभएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # माधवप्रसाद घिमिरे
  • # हुलाक टिकट

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology