काठमाडौं । सोमबार चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए३३०; बेइजिङ पठाउने तयारी शुरु गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेका हुन् । यसअघि नेपाललाई चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।




