नेकपा एमाले रामेछापमा जिल्लाका जुझारु युवा नेता भोला खड्काको आतिथ्यता तथा सकिृयतामा रामेछाप एमालेको वडा तथा पालिका अधिवेशन सँगै अन्य पार्टि छोडेर नेकपा एमालेमा प्रवेश गर्नेको लहर लागेको छ ।
जिल्लाको पार्टी राजनितिमा निकै सकृय भुमिका निभाएका खड्का नेकपा एमाले रामेछापका पपुलर युवा नेता मानिन्छन् । अधिवेशनमा निकै चहलपहल बढेको रामेछाप एमालेमा अधिवेशन पश्चात तथा वडाहरूमा दर्जनौ स्थानिय नेता तथा कार्यकर्ता को प्रवेशले रामेछापको राजनितिमा एउटा नयाँ ईतिहास रच्न लागेको खड्का बताउँछन् । सत्य नेपाल न्युजसँग कुरा गर्दै खड्काले भने “पुप्पलालको जन्मथलो रामेछाप ने क पा एमालेको किल्ला हो र हुनुपर्छ आज नेपालभरका जनताहरु पुष्पलालको सिद्धान्तमा चल्ने र हामी रामेछापको केहि वडामा एमाले कमजोर हुनु भनेको पुष्पलालको उपहास गर्नुहो ” आगामी निर्वाचन समेत सहज रुपमा एमालेले जित्ने दावी गरे ।
रामेछापको वर्तमान राजनितिमा कान्छाराम तामाङ काँग्रश को नेतृत्वमा पुग्नसाथ काँग्रेशभित्र एक फरक तरंग छायको थियो भने माओवादि केन्द्र पुर्व संघिय सांसदको विजेता भएतापनि हाल माओवादि कमजोर अवस्थामा रहेको छ भने जनता समाजवादि पार्टीै र ने क पा एस को अवस्था नाजुक रहेको छ ।




