भदौ १६, काठमाडौं,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ३० जना कोरोनामुक्त भएका छन् ।
कोरोना सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६१ हजार १२४ पुगेको छ । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।




