Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

राष्ट्रपतिद्वारा जनगायक जेबी टुहुरेको असामयिक निधनमा शोक प्रकट

राष्ट्रपतिद्वारा जनगायक जेबी टुहुरेको असामयिक निधनमा शोक प्रकट

images
  • समाचार
  • भाद्र ११, २०७८ शुक्रवार ०९:४८ बजे
  • 1.2K
    SHARES
  • राष्ट्रपतिद्वारा जनगायक जेबी टुहुरेको असामयिक निधनमा शोक प्रकट
    images

    काठमाडौँ,

    राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उहाँका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।    
        
    राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै “प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको” बताउनुभएको छ ।    
        
    प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पु¥याउनुभएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।    

    images
  • सम्बन्धित विषय:

  • # जेबी टुहुरे

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology