भदौ ८ , काठमाडौं ।
नेकपा एमाले स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा शुरु भएको छ । स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् । यो बैठकले यसअघि कार्यदल स्तरमा भएको १० बुँदे सहमतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।




