काठमाडौँ,
आइतबार राति भएको स्पेनिस ला लिगा फुटबल खेलमा रियल मड्रिड लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको छ ।
४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७ औँ मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए । ७३औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ७९औँ मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३-२ को अग्रता दिलाए । ८५ औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।




