Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौँ महानगरपालिकाले पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने

काठमाडौँ महानगरपालिकाले पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने

images
  • समाचार
  • जेठ ११, २०७८ मंगलवार ११:१५ बजे
  • 790
    SHARES
  • images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने गरि परीक्षणको दायरा बढाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।

    एन्टिजेन विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका

    माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।

    पछिल्लो समय हरेक दिन कामपामा सङ्क्रमण बढिरहेका छन् । नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन ठूलो समूहमा यस किसिमको अभ्यास गर्न लागेको हो । वडामा भएका केस इन्भेष्टिगेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ समूहलाई परीक्षणका लागि सक्रिय बनाइनेछ ।

    कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका , निषेधाज्ञाको समयमा काम गरिरहेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणका लागि कामपाका ठूला १५ वडामा प्रतिवडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक-एक केन्द्र राखिनेछन् । आवश्यकताका आधारमा अन्य केही केन्द्र थप गर्न सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    metro logo.jpg

    हालसम्म कामपामा ५८ हजार ४०२ जना सङ्क्रमित रहेका छन् । तीमध्ये ४६ हजार ५४६ निको भइसकेका , ४०३ को मृत्यु भएको र अहिले ११ हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् ।

    कामपाको ३२ वडाबाट मात्रै अहिले दैनिक ६०० जनाको पिसिआर परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४०० भन्दा बढीमा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । सङ्क्रमण बढेपछि अघिल्लो आइतबारदेखि कामपाले १६ वटा केन्द्र बनाएर पिसिआर परीक्षण गरिरहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # #काठमाडौँ–महानगरपालिका
  • # #कोभिड
  • # #covid

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology