Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निषेधाज्ञा थप गरिने !

निषेधाज्ञा थप गरिने !

images
  • समाचार
  • जेठ ११, २०७८ मंगलवार ०९:२० बजे
  • 955
    SHARES
  • images

    काठमाडौं । मंगलबार मध्यान्ह काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला सहभागी हुने बैठकमा निषेधाज्ञा निरन्तरता दिनेबारे छलफल हुने बताइएको छ ।

    स्थानीय प्रशासनले उपत्यकामा थप १ साता निषेधाज्ञा बढाउने र विहानको मुभमेन्टमा थप कडाइ गर्ने तयारी गरेको छ । अब थप गरिने निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दा एक सातामा महामारीको चेनब्रेक हुन सक्ने आकलन गरिएको छ ।

    नयाँ अध्यादेशको उल्लंघन गर्ने लाई छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख छ

    काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी छ ।

    images
  • सम्बन्धित विषय:

  • # #निषेधाज्ञा
  • # #covid
  • # #lockdown

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology