Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

सीसीएमसीको मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त

सीसीएमसीको मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त

images
  • समाचार
  • जेठ ११, २०७८ मंगलवार ०८:४९ बजे
  • 574
    SHARES
  • images

    bala-nanda-sharma-.jpgकाठमाडौं । सरकारले कोभिड–१९ निर्देशन समिति अन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

    जेठ ७ गते नयाँ अध्यादेश जारी भएपछि कोभिड–१९ निर्देशक समिति अन्तर्गत सीसीएमसी रहने व्यवस्था गरेको थियो । जसको संयोजन प्रधानमन्त्री ओलीले गर्नेछन् ।

    पूर्वरथी शर्मा यसअघि विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid , USA
  • # #lockdown
  • # #निषेधाज्ञा
  • # #CCMC

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology