साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवं लेखिका ७५ वर्षिया डा. बानिरा गिरीको निधन भएको छ ।
आइतबार नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा राति १० बजे उनको निधन भएको जनाइएको छ।२० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरी गिरीको निधन चाहिँ हृदयघातले भएको जनाइएको छ ।
विगत ३ वर्षदेखि उनी अल्जाइमर्स रोगले पीडित उनी पीएचडी गर्ने पहिलो महिलाको रुपमा परिचित थिइन् । कवि गोपालप्रसाद रिमालमाथि शोध गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गरेकी थिइन् । डा.गिरिका ‘एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘कारागार’,‘निर्बन्ध’ र २०५६ सालमा साझा पुरस्कार पाएको ‘शब्दातीत शान्तन’ प्रकाशित छ।उनकाश्रीमान, एक छोरा र एक छोरी छिन् ।




