साउन २६ गते, काठमाडौं,
सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आज जानकारी दिने भएको छ । मंगरबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन श्वेतपत्र प्रस्तुत गर्नुहुने संघीय संसदले जनाएको छ ।




