Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अभिनेत्री करिश्मा मानन्धरको तीज गीत आउदै

अभिनेत्री करिश्मा मानन्धरको तीज गीत आउदै

images
  • 2.4K
    SHARES
  • images

    काठमाडौँ,

    तीजको पूर्वसन्ध्या पारेर अभिनेत्री करिश्मा मानन्धरले एउटा तीज गीतको म्युजिक भिडियो तयार पारेकी छिन् ।

    केबी फिल्म्सको प्रस्तुतीमा ‘आउन संगी हो, गाउँन मिलेर’ शीर्षकको तीज गीतको म्युजिक भिडियो तयार पारिएको छ । गायिका मेलिना राईको स्वरको उक्त गीतमा साज सिंहको संगीत निर्देशन छ भने गीतका शब्दहरु कोरियोग्राफर गोविन्द राईले रचना गरेका हुन् ।

    गोविन्द राईकै कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको भिडियो तयार पारिएको हो, जुन केही दिनमै करिश्मा मानन्धरकै यूट्युब च्यानलबाट सार्वजनिक हुने बताइएको छ ।

    उक्त गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले आकर्षक नृत्य गरेकी छिन् । भिडियोमा करिश्मासँगै सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योञ्जन, सुप्रिया योञ्जन, बसु तामाङलाई पनि फिचर गरिएको छ ।

    मदन काश्यप घिमिरेद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई नहकुल खड्काले सम्पादन गरिरहेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology