Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन-३ को बिजेता

किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन-३ को बिजेता

images
  • 2.4K
    SHARES
  • किरण गजमेर बने द भ्वाइस अफ नेपाल सिजन-३ को बिजेता
    images

    २४ श्रावण , काठमाडौँ,

    द भ्वाइस अफ नेपाल सिजन-३ को बिजेता किरण गजमेर बनेका छन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै अमेरिका बस्दै आएका किरणले उपाधि जितेका हुन्।

    भ्वाइस अफ नेपाल सिजन थ्रीका विजेता गजमेरले २५ लाख रुपैयाँ पाएका छन्। उनले विजेताका रुपमा वर्ल्ड टुरको पनि मौका पनि पाएका छन्।

    द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसार हिमालय टेलिभिजन र युट्युवबाट गरिएको थियो। गत साताको सेमिफाइनलबाट चारवटा टिमका एक-एकजना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए।

    कोरोना संकटबीच चर्चित गायन रियालिटी सो द भ्वाइस अफ नेपालले तेस्रो विजेता पाएको हो। कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्राण्ड फिनालेमा पुगेका थिए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology