Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एक वर्षमा एक अर्ब ६५ करोडका डाइपर आयात

एक वर्षमा एक अर्ब ६५ करोडका डाइपर आयात

images
  • अर्थ
  • श्रावण २४, २०७८ आइतवार ०९:०२ बजे
  • 916
    SHARES
  • एक वर्षमा एक अर्ब ६५ करोडका डाइपर आयात
    images

    साउन २३ गते, काठमाडौँ, 

    नेपालले आर्थिक वर्ष २०७७ -०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् ।

    भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो ।

    यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

    images
  • सम्बन्धित विषय:

  • # आयात

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology