Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रमको निर्देशन

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रमको निर्देशन

images
  • समाचार
  • श्रावण २०, २०७८ बुधवार ०८:५७ बजे
  • 2.1K
    SHARES
  • images

    काठमाडौं, 

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।

    उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको, प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिनमा प्रक्रिया शुरू हुन्छ । 

    विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आउनु भएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश हुनुभएको थियो । अघिल्लो  सरकारले उहाँको स्थानमा हितेन्द्रदेब शाक्यलाई  नियुक्त गरेको थियो ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology