Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गर्भबाटै कारागार जीवन

गर्भबाटै कारागार जीवन

images
  • समाचार
  • श्रावण १९, २०७८ मंगलवार ०८:३७ बजे
  • 1.3K
    SHARES
  • गर्भबाटै कारागार जीवन
    images

    साउन १८ गते, चितवन,  

    जिल्ला कारागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा कारागार चलान भएर बन्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । 

    लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएकी अनामिका (नाम परिवर्तन) कारागार चलान हुँदा पेटमा दुई महिनाको बच्चा थियो । उनी कारागार गएपछि सात महिनामा छोरीलाई जन्म दिइन् । अहिले ती बालिका दुई वर्ष पुग्न लागेकी छिन् । बालिकाले अहिलेसम्म बाबुको काखमा खेल्न पाएकी छैनन् । 

    बालिकाले अहिले घरनै कारागारलाई मान्ने गरेको भन्दै अनामिकाले भनिन्, “मैले गरेको नराम्रो कामका कारण मेरो अबोध बच्चा पनि चार दिवारमा थुनिनुपरेको छ ।” उनका श्रीमान् समय समयमा छोरी र श्रीमतीको अवस्था बुझ्न कारागार आउने भए पनि कोरोनाका कारण छोरीलाई लिन पाएका छैनन् । उहाँले भन्नुभयो, “भेटघाटमा आउँदा देख्ने गरेको भए पनि बाबु यहि हो भन्ने बारेमा अहिलेसम्म पनि ज्ञान छैन ।” भर्खर तोते बोल्न लागेकी छोरीले बाबा भनेर बोल्दै गर्दा आफूलाई आत्मग्लानी भएर आउने उहाँले बताउनुभयो ।

    कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले कारागारभित्र बालबालिकाका लागि आवश्यक सम्पूर्ण सुविधा पर्याप्त नभए पनि मायामा भने कमी हुन नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाले घरमा जस्तो खेल्ने कुरा खेल्न र आफन्तको माया नपाए पनि अन्य कुरामा कुनै समस्या छैन ।” बालबालिकाको हकमा तीनदेखि पाँच वर्षसम्म मात्र यहाँ रहने भन्दै उहाँले तीन वर्ष पुगेपछि घर परिवारको जिम्मा लगाउने, घर परिवार नभए विभागले तोकेको संस्थामा पठनपाठनका लागि पठाउने गरेको बताउनुभयो ।

    कानूनअनुसार बालबालिका पाँच वर्षसम्म आमाको काखमा बस्न पाउने भएकाले त्यसपछि भने कुनै न कुनै विकल्पको खोजी गरिने उहाँको भनाइ छ । अहिले कारागारमा ६७४ जना कैदीबन्दी छन् । तीमध्ये ४८ महिला छन् । ती महिलासँग आश्रित तीन जना बालिका रहेका छन् । यसैगरी ६२६ पुरुष कैदीबन्दी रहेका छन् । कारागारमा २५५ पुरुष र २५ महिलाको क्षमता रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।    

    images
  • सम्बन्धित विषय:

  • # गर्भबाटै कारागार जीवन

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology