Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

images
  • समाचार
  • श्रावण १७, २०७८ आइतवार १६:०९ बजे
  • 1.1K
    SHARES
  • एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी
    images

    साउन १७ गते, बर्लीन,

    गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पार्नुभएको थियो । निर्वाचन समितिका अनुसार नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गर्नुभएकोे थियो ।

    उहाँहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत हुनुहुन्थ्यो । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी हुनुभएको छ । यसअघि महासचिव पदमा रहनुभएका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहनुभएकी त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी हुनुभएको हो ।

    महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई आफ्नो प्रतिष्पर्धी राजन देवी गौतमलाई १५८ मतान्तरले हराउँदै ७३२ मतका साथ विजयी हुनुभयो । महासचिव पदमा राजेश सुनार ७७५ मतका साथ विजयी हुनुभयो । उहाँ संस्थामा यसअघिका दुई कार्यकाल सचिव रहनुभएको थियो । उहाँका प्रतिद्वन्द्वी सिजन दाहालले भने ५९९ मत प्राप्त गर्नुभएको थियो । उहाँ नेपाली काँग्रेस निकट जनसम्पर्क समितिकासमेतको प्रवक्ता रहनुभएको छ । सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ९३६ मत र ५३१ मत प्राप्त गर्नुभयो । दुई सचिव पदका लागि भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

    यस्तै एक अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसिसीको यात्रा तय गर्नुभएको हो ।

    कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित हुनुभएको छ ।

    एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिनुभयो ।

    अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए जर्मनी

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology