Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

राष्ट्रपति बाट नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी

राष्ट्रपति बाट नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी

images
  • समाचार
  • जेठ १०, २०७८ सोमवार २०:०१ बजे
  • 1.5K
    SHARES
  • images

    bidhya 3.jpgकाठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।

    नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

    अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।

    सरकार र  जसपा बीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य दल बनाइएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology