Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आज श्रावण १५, खिर खाने विशेष दिन

आज श्रावण १५, खिर खाने विशेष दिन

images
  • समाचार
  • श्रावण १५, २०७८ शुक्रवार ०९:२५ बजे
  • 1.6K
    SHARES
  • आज श्रावण १५, खिर खाने विशेष दिन
    images

    साउन १५ गते, काठमाडौँ,

    श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्यबिन्दु खिरका लागि प्रचलित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो ।

    नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बताइएको छ । खीर स्वस्थकर पौष्टिक खाद्य पदार्थ भएकाले यसबाट मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व पनि प्राप्त हुने हुनाले खीर उपयोगी सिद्ध  छ ।

    आर्युवेदमा खिरलाई प्राचीन भोजनका रूपमा ब्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology