Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

images
  • समाचार
  • श्रावण ११, २०७८ सोमवार ०९:३१ बजे
  • 2.4K
    SHARES
  • images

    काठमाडौँ,

    प्रधानमन्त्री शेरबहादुर देउवाले कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याघटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

    बालिका पन्तको हत्या घटना भएको तीनवर्ष वितेको दिन पारेर प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई आइतवार बालुवाटारस्थित निवासमै बोलाएर यस्तो निर्देशन दिनुभएको हो

    प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीनवर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखसँग हत्या घटनाका सम्वन्धमा अहिलेसम्म भएको अनुसन्धान प्रगतिबारे जानकारी लिएको छु ।’

    निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा दोस्रो दिन उखुबारीमा शव भेटिएको थियो । तर घटना भएको तीन वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।

     

    images
  • सम्बन्धित विषय:

  • # निर्मला पन्तको हत्यारा

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology