Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेवाखोलामा सात बैंकको सात अर्ब लगानी

मेवाखोलामा सात बैंकको सात अर्ब लगानी

images
  • अर्थ
  • श्रावण ९, २०७८ शनिवार ११:४४ बजे
  • 1.2K
    SHARES
  • मेवाखोलामा सात बैंकको सात अर्ब लगानी
    images

    काठमाडौँ,

    ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले रु सात अर्ब लगानी गर्ने भएका छन् ।    
        
    युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् । कूल रु सात अर्बमध्ये रु छ अर्ब ७५ करोड आवधिक कर्जा र रु २५ करोड चालुपूँजी कर्जा लगानी गर्ने सम्झौता भएको छ ।    
        
    प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।    
        
    सम्झौतानुसार सिटिजन्स बैंकले रु एक अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा रु एक/एक अर्ब, एसबीआई बैंकले रु ८० करोड र सिभिल बैंकले रु ५० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।    
        
    तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुमा सबस्टेशनमा जोडिने छ ।    

    images
  • सम्बन्धित विषय:

  • # मेवाखोला

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology