Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

लामो दूरीका सवारीसाधन सञ्‍चालन गर्न सरकारको अनुमति

लामो दूरीका सवारीसाधन सञ्‍चालन गर्न सरकारको अनुमति

images
  • समाचार
  • श्रावण ८, २०७८ शुक्रवार १७:०७ बजे
  • 1.4K
    SHARES
  • images

     

     

    श्रावण ८ , काठमाडौँ,

    सरकारले लामो दूरीका सवारीसाधन सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको महामारीका कारण गत वैशाखदेखि रोकिएका लामो दूरीका सवारीसाधन सञ्चालन अनुमति दिएको हो । 

    प्रशासनले शुक्रबार एक सूचना निकालेर लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्‍चालनको व्यवस्था गर्न व्यवासायीहरुलाई आग्रह गरेको हो । प्रशासनको यस निर्णयसँगै अब देशका अन्य स्थानबाट लामो दूरीका यातायात काठमाडौं प्रवेश गर्न पाउनेछन्। 

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मन्त्रिपरिषद्को निर्णयानुसार लामो दूरीका यातायात खुलाउने निर्णय लिइएको बताए । उनले भने, "मन्त्रिपरिषद्को निर्णयाअनुसार हामीलाई गृह मन्त्रालयबाट यातायात खुलाउनेबारे परिपत्र आएको थियो । गृहको त्यही निर्देशन अनुसार लामो दुरीका यातायात खुलाउन सार्वजनिक सूचना निकालेका हौँ ।"

    प्रशासनले त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगसहितका परीक्षाहरू यही साउनदेखि हुने भएपछि लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चाल अनुमति दिइएको जनाएको छ ।

    कोरोनाको दोस्रो महामारीका कारण सरकारले लामो तथा छोटो दूरीका सवारीसाधन गत वैशाख १६ देखि बन्द गरेको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # लामो दूरीका सवारीसाधन

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology