Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा जसले पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा जसले पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे

images
  • 1.1K
    SHARES
  • बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा जसले पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे
    images

    एजेन्सी ,

    अश्लील भिडियो बनाएर विभिन्न एपबाट सार्वजनिक गरेको आरोपमा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा यतिबेला हिरासतमा छन्। उनको पक्राउपछि बलिउडमा यो घटनाले तरंग ल्याइदिएको छ।

    धेरैमा यस अभियोगमा अभिनेत्री शिल्पा सेट्टीको संलग्नता होला कि नहोला भन्ने जिज्ञासा बढेको छ। मुम्बई प्रहरीले उनको संलग्नताबारे अनुसन्धान गरिरहेको बताएको छ।  पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ ।

    राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको छ । राजले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको मुम्बई क्राइम ब्रान्चले खुलासा गरेको छ ।  भारतीय मिडियाले मुम्बई क्राइम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ । 

    को हुन् त राज कुन्द्रा ?सन् १९७५ मा बेलायतमा जन्मेका राज कुन्द्रा सफल ब्रिटिश-एसियन व्यवसायी हुन्। बेलायतमा जन्मेका उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। उनका बुबा बालकृष्ण कुंद्रा लुधियानाका हुन्। कामको सिलसिलामा बालकृष्ण बेलायत पुगे। बस कन्डक्टरको कामसमेत गरेका उनले पछि आफ्नै व्यवसाय सुरु गरे।  पढाइभन्दा व्यवसायमा रुचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए। 

    कुन्द्रा कलेज ड्रप आउट हुन्। बिबिसी हिन्दीका अनुसार व्यवसायमा राज कुन्द्राको भाग्य नेपाली पस्मिनाको व्यापारबाट चम्किएको हो। बेलायत र भारतका सेलिब्रेटीसँग राम्रो सम्बन्ध भएका राज कुन्द्राले त्यहाँका फैसन उद्योग र सिनेमा क्षेत्रमा पस्मिनाको व्यापार फैलाए। यस क्षेत्रमा बलियो पकड बनाएपछि उनको उनको व्यवसायले छोटो समयमै लामो छलाङ मारेको हो। केही वर्षमै बेलायत र भारत हुँदै उनको व्यवसाय संसारका थुप्रै देशमा फैलियो। 

    राज कुंद्रा बिजनेस स्टील प्लान्ट, फैसन उद्योग, रियल इस्टेट, कन्स्ट्रक्सन, फोरेक्स इन्भेस्टमेन्ट र खेलकुद क्षेत्रमा लगानी गरेका छन्। उनलाई मुम्बई प्रहरीले सोमबार पक्राउ गरेको हो। प्रहरी अनुसार गत फेब्रुअरीमा मुम्बई क्राइम ब्रान्चमा दर्ता भएको एउटा उजुरीको अनुसन्धान गर्ने क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology