श्रावण ६, काठमाडौँ,
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले ओलम्पिक खेलको सुरुवातदेखि अन्त्यसम्म कोभिड १९ का कारण करिब एक लाख मानिसको मृत्यु हुने भविष्यवाणी गरेका छन् ।
टोकियोमा आयोजीत अन्तर्राष्ट्रिय ओलम्पिक समितिको बैठकमा टेड्रस अधानोम गेब्रेयसियसले भने, 'महामारी एक परीक्षण हो जसमा विश्व असफल हुँदैछ ।'
उनले यो पनि चेतावनी दिए, 'जो कोही व्यक्तिले आफ्नो देशमा संक्रमण कम भएको कारण महामारी समाप्त भयो भनेर सोच्छ भने त्यो भन्दा महामुर्ख कोहि छैन् ।'
उनले विश्वको असमान्तालाई उद्धिढ गर्दै, 'हालसम्म विश्वमा वितरित भ्याक्सिनमध्य ७५ प्रतिशत भ्याक्सिन जम्मा १० देशमा मात्र वितरण भएको छ । '
उनले थपे, '४० लाख मानिसको मृत्यु भइृसकेको छ र अझै पनि मोर्ने क्रम रोकिएको छैन, अघिल्लो वर्षको तुलनामा यस वर्षको मृत्युदर दोब्बर बढेर झनै डरलाग्दो स्थीती देखिएको छ ।'
'मैले अहिले यहाँ टिप्पणी गर्दै गर्दा एक सय जना भन्दा धेरै व्यक्ति ज्यान गुमाएका छन् भने ८ अगष्टको ओलम्पीकको लाइट बालिँदासम्म ज्यान गुमाउनेको संख्या एक लाख पुग्ने छ । '
विश्व स्वास्थ संगठनले हरेक देशको सरकारसँग २०२२ को मध्यान्तरसम्म आफ्नो जनताको ७० प्रतिशतलाई खोप वितरण गर्न आग्रह गरिरहेको छ ।
आगामी वर्ष अनुमानीत ११ विलियन डोजको आवश्यकता रहेको उनले औल्याएका छन् ।




