७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा आफ्ना पक्षका सांसदहरुको बैठक बोलाएका छन् । जसपाको अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने सम्भावना छ ।
उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदहरुलाई भने बैठकको खबर गरिएको छैन ।




