ह्वावेको डिजिटल पावर इनोभेशनको साथ आसियानको (ASEAN) ग्रीन विकास सशक्त पार्ने वाचा
[क्वालालम्पुर, मलेसिया, जुलाई१६, २०२१] ग्लोबलअग्रणीआईसीटी प्रविधि प्रदायक ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यस को डिजिटल पावर इनोभेशनको लाभ उठाउनेछ, ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले शुक्रबारअनलाइनआसियान–चीनडिजिटलइकोनोमीडेभ्लप्मेन्टएण्डकोओपरेशनफोरम२०२१माभन्नुभयो।
जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति बन्दैछन्।आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतका वर्षको तुलनामा कार्बन उत्सर्जन मा गिरावट आएको भएपनि अर्थव्यवस्था फेरि खुल्दा उत्सर्जन द्रुतगति मा गइरहेकोछ। सर्कुलर अर्थतन्त्रमा परिवर्तन हुनु र दिगो विकासको प्राप्ति गर्नु अब सबैदेशको साझा लक्ष्य हो।

विश्वका २०वटा सबैभन्दा बढी कमजोर क्षेत्र मध्ये छवटा आसियानका सदस्य राष्ट्रहरूमा सम्भावित जलवायु परिवर्तनले महत्वपूर्ण क्षेत्रीय प्रभाव पारेकोछ।आसियानले वर्षौंको अवधिमा विभिन्न वातावरणीय, आर्थिक र सामाजिक गतिविधिहरू को माध्यमबाट जलवायु परिवर्तन सम्बोधन गर्ने कार्यगरेकोछ। उदाहरणका लागि, थाईल्याण्डले २०३०मा उच्च कार्बन उत्सर्जन र २०६५ मा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ।
"विश्वव्यापी रूपमा हामीलाई कार्बनन्यूट्रालिटिको लक्ष्य भएको ग्रीन औधोगिक क्रान्ति चाहिन्छ।डिजिटल अर्थव्यवस्था बढ्दै जाँदा उत्सर्जन घटाउने गतिले देशहरू लाई व्यापार अवरोधको जोखिम व्यवस्थापन गर्न र थप स्वतन्त्र व्यापार सम्झौताहरू सुरक्षित गर्न मद्दत पु¥याउँछ, "जेफरी लियूले भन्नुभयो।
आईसीटी प्रविधि ऊर्जा संरक्षण रअन्य उधोगहरूमा उत्सर्जन घटाउने महत्वपूर्ण सक्षम कर्ताहो।आईसीटी प्रविधिद्वारा सक्षम अन्य उधोगहरूमा कार्बन उत्सर्जनमा आएको कमी आईसीटी उधोगहरूले नै उत्सर्जित कार्बनको मात्रा १० गुणा बढी हुने अनुमान गरिएकोछ।
"ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल पावर सोलुसन प्रदान गर्नेछन्,क्लाउड र अन्य इनोभेटिव प्रविधिमा प्राविधिक विशेषज्ञता साथ साथै विद्युतीय इलेक्ट्रोनिक्स र उर्जास्टोरेजमा व्यापक अनुभव उपयोग गर्दै आएकोछ ,"ह्वावे आसियान प्रशान्तकाअ ध्यक्षले भन्नुभयो।
नवीकरणीय ऊर्जा प्रबर्धन गर्न ह्वावेले १७० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो डिजिटल उर्जा सोलुसनहरू परिचालन गरेकोछ जसले विश्वको एक तिहाई जनसंख्यालाई सेवा प्रदान गर्दछ।डिसेम्बर २०२० सम्म यी सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुलीउत्पादन गरेकोछ र कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ।यी प्रयासहरूको परिणाम स्वरूप CO2 उत्सर्जनमा १६० मिलियन टन घटेको छ।
सिंगापुरमा, उदाहरणका लागि, ह्वावे फ्यूजन सोलार सोलुसनले एक सोलार सोलुसन प्रदायक सनसेपग्रुपलाई सहयोगग रेकोछ जसले विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिंग फोटो भोल्टिक(PV) फार्महरू निर्माण गर्दछ।१३,३१२सो लारप्यानल,४०इन्भर्टरहरू र ३०,००० भन्दा बढी फ्लोटहरूको साथ यस पाँच हेक्टरमा आधारित सोलारप्लान्टले प्रति वर्ष ६,०२२,५०० किलोवाट उर्जा उत्पादन गर्नेअ नुमान गरिएको छ, अनुमानित ४,२५८ टन कार्बनडाइअक्साइड अफसेट गर्दै यस टापुमा १,२५० चार–कोठा भएको सार्वजनिक आवास फ्लैटहरूको लागि पर्याप्त बिजुली आपूर्ति गर्नेछ।"ह्वावे ग्रीन एकीकृत आईसीटी सोलुसनको प्रवद्र्धन गर्न प्रतिबद्धछ जसले अन्य उधोगलाई उर्जा संरक्षण र उत्सर्जन घटाउन सहयोग पु¥याउँछ, "जेफ्री लियूले भन्नुभयो, "हामीआसियानसंग संलग्न भई ऊर्जा–दक्ष, इको–फ्रेन्डली लो–कार्बन समाजको लागि कार्बन फुटप्रिन्ट कम गर्न स्वच्छ उर्जा उत्पादन, विद्युतीय यातायात र स्मार्ट उर्जा स्टोरेजको उपयोग गरेर सहयोगगर्नेछौं।"




