Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘बिपदबाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

‘बिपदबाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

images
  • समाचार
  • श्रावण २, २०७८ शनिवार १५:३३ बजे
  • 565
    SHARES
  • ‘बिपदबाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’
    images

    काठमाडौँ, 

    गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने बिपदबाट  नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।

    मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गर्नुभएको थियो ।

    उहाँले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिनुभएको छ ।  समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।    

     

    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री बालकृष्ण खाँण

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology