Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

images
  • समाचार
  • श्रावण १, २०७८ शुक्रवार १६:४८ बजे
  • 814
    SHARES
  • रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली
    images

    साउन १ गते, काठमाडौँ,

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।

    पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाउनुभयो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गर्नुभयो ।

    उहाँले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाउनुभयो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहनुभएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology