काठमाडौ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। आज बिहान ९ बजेर ५७ मिनेटकाे साइतमा देउवा बालुवाटार सर्न लागेका हुन् ।मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बुढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार उनी शुक्रबार बिहान सरकारी निवास सर्न लागेका हुन्।




