Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने

images
  • खेलकुद
  • आषाढ ३०, २०७८ बुधवार ०९:१६ बजे
  • 1.8K
    SHARES
  • ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने
    images

    वासिङ्टन, 
    जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्नुहुने भएको छ । जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन सहभागी हुने निर्णय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रथम महिलाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन लागेको सन् २०१२ पछि अहिले पहिलो पटक भएको क्योयोदो न्युजले उल्लेख गरेको छ । अहिले हुन लागेको टोकियो ओलम्पिकका आयोजकहरूले उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै सहभागी हुने अपेक्षा गरे पनि कोरोनाभाइरसको महामारीका कारण उहाँ सहभागी नहुनु हुनेभएको जनाइएको छ ।

    यसअघि सन् २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले हुन लागेको हो । ओलम्पिक प्रतियोगिता आयोजना गरिएको स्थलमा अहिले आवत जावत खुल्ला गरिसकिएको छ । प्रतियोगितास्थलमा विदेशी तथा स्वदेशी पाहुना तथा खेलाडी र उनीहरूको समूहलाई स्वागत गर्न थालिएको छ । आउनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ । यही जुलाई २३ मा सुरु हुने ओलम्पिक प्रतियोगिता अगस्ट ८ सम्म सञ्चालन हुने तालिका रहेको छ । प्रतियोगितामा २०५ देशका खेलाडी सहभागी हुने आयोजकहरूले जानकारी दिएका छन् ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology