Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नर्भिक अस्पतालले आइपिओ जारी गर्ने

नर्भिक अस्पतालले आइपिओ जारी गर्ने

images
  • अर्थ
  • आषाढ २९, २०७८ मंगलवार १६:५९ बजे
  • 946
    SHARES
  • नर्भिक अस्पतालले आइपिओ जारी गर्ने
    images

    असार  २९, काठमाडौँ,

    थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

    जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

    अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।    

    images
  • सम्बन्धित विषय:

  • # आइपिओ
  • # नर्भिक अस्पताल

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology