Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संसद विघटन बदर, शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

संसद विघटन बदर, शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

images
  • समाचार
  • आषाढ २८, २०७८ सोमवार १३:३३ बजे
  • 1.6K
    SHARES
  • संसद विघटन बदर, शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
    images

    काठमाडौं,

    सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

    सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

    संक्षप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५)  र  ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए । ‘शेरबहादुर देउवासमेतका १४६ सांसदले गरेकाे दावी पुग्न नसक्ने भनि राष्ट्रपतिले गरेकाे निर्णय संवैधानिक भएको पाइएन । राष्ट्रपतिकाे निर्णय , संसद विघटन, सबै कामकारवाही उत्प्रेषणकाे आदेशले बदर गरिएको छ ।’

    images
  • सम्बन्धित विषय:

  • # संसद विघटन बदर

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology