Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

ताजा अपडेट :

प्र म ओली भन्छन - दक्षिण एसियाली फुटबल प्रतियोगिता नेपाल ले आयोजना गर्छ

प्र म ओली भन्छन - दक्षिण एसियाली फुटबल प्रतियोगिता नेपाल ले आयोजना गर्छ

images
  • समाचार
  • आषाढ २७, २०७८ आइतवार २०:३३ बजे
  • 943
    SHARES
  • images

    काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै १३ ‌औँ साफ आयोजना गर्न नेपाल तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।natioanl team.jpgआयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ ।

    PM-Oli-with-anfa.png (

    कार्यक्रममा प्रधानमन्त्री ओलीले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरे । यस अघि नै सरकारले घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । पुरस्कार पाउनेहरुमा २३ जना खेलाडी, प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक विकास मल्ल रहेका छन् । राष्ट्रिय टोलीका कप्ताल किरण चेम्जोङले पुरस्कार ग्रहणपछि सरकारले आफूहरुको हौसला बढाएको बताए ।

    नेपालले गत चैतमा भएको प्रतियोगितामा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए ।

     

    images
  • सम्बन्धित विषय:

  • # दक्षिण एसियाली फुटबल
  • # प्र म ओली

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology