२७ असार, काठमाडौं,
आइतबार बसेको निर्वाचन आयोग को बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।
त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन दिएका थिए । आयोगले उनी अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभएको नदेखिएको भन्दै उनले अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ । ‘यसरी अन्य दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गर्ने निवेदक भविश्वर पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।




