Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

बाघ र मानव द्वन्द्वलाई टार्ने प्रभावकारी कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

images
  • समाचार
  • आषाढ २७, २०७८ आइतवार १६:११ बजे
  • 862
    SHARES
  • images

    असार २७ गते, काठमाडौँ, 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ र मानव तथा अन्य जनावरसँगका द्वन्द्वलाई टार्ने कार्यक्रम प्रभावकारी बनाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । जैविक चक्रको संरक्षणका लागि बाघको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले शनिबार प्रधानमन्त्री निवासमा बालुवाटारमा आयोजित राष्ट्रिय बाघ संरक्षण समितिको सातौँ बैठकमा बाघको शिकार तथा आखेटोपहारजस्ता कुरालाई हतोत्साहित गर्न तथा बाघको बासस्थान आसपासका जनतालाई बाघबाट सुरक्षित हुन र टक्करमा नपर्न सचेत हुनुपर्नेमा जोड दिनुभएको हो ।

    “संरक्षण क्षेत्रमा बाघकोे आहारा पाउने कुरालाई सुनिश्चित गरिनुपर्छ नत्र अन्यत्रबाट ल्याएर पनि उसका आहारा हुने जन्तु पाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसो भयो भने मात्र बाघले आफ्नो भोजन बदमासीबिना प्राप्त गर्न सक्छ ।” संरक्षणमा संलग्न निकायले जङ्गलमा बाघको कति प्रतिशत क्षेत्रमा बसोबास हुन्छ, हिमाल, पहाड र तराई गरी तीनै खालका बाघको सङ्ख्या यकिन गर्न कुन–कुन बाघको कस्तो–कस्तो स्थिति छ भन्ने अध्ययन गर्नुपर्ने बताउँदै उहाँले विकास निर्माणकार्यमा वन्यजन्तुलाई असर नपर्ने गरी नीति बनाउन आग्रह गर्नुभयो ।

    पाटेबाघ लोप हुनुपूर्व नै विश्वको चासो बाघ संरक्षणमा गएको उल्लेख गर्दै उहाँले सेन्टपिटसवर्ग सम्मेलनले तय गरेजस्तै बाघको सङ्ख्या दुई गुणा वृद्धि गर्ने निर्णय नेपालले कार्यान्वन गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शताब्दीयौँदेखि हामीले जोगाएका पाल्तु जनावर खाने बाघ बङ्गाल टाइगर नहुने भएकाले यसलाई पाटे बाघ भन्न पनि आग्रह गर्नुभयो ।

    बैठकले बाघ संरक्षणमा नेपालले गरेका प्रयास र उपलब्धिका बारेमा छलफल गर्दै आगामी दिनमा बाघ संरक्षण विशेष कार्यक्रमलाई पुनः निरन्तरता दिई थप स्रोत जुटाउने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु अस्पताल तथा उद्धार केन्द्र स्थापना तथा सञ्चालन गर्ने, बाघको दीर्घकालीन संरक्षण गर्न बासस्थानको विस्तार गर्न आवश्यक तयारी गर्ने, वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ लाई संशोधन गरी सबै डिभिजन वन कार्यालयमार्फत ७७ वटै जिल्लाबाट राहत वितरण गर्नेलगायतका निर्णय गरेको छ ।

    बैठकले आगामी साउन १४ गते बाघ संरक्षणलाई विशेष जोड दिन प्रधानमन्त्री बाघ सम्मेलन कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology