मेलम्ची, असार २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बु गाउँपालिका–२ को गणेशे बगरमाबाढी र मेलम्ची खानेपानी मुहान क्षेत्र का पीडितहरुसँग भेटघाट गर्नुहुँदै स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु पुग्नुभएको हो । ‘बाढीबाट पूर्ण विस्थापित पीडितहरुलाई अस्थायी आवास आवास निर्माणमा पचास हजार र स्थायी आवास निर्माणमा पाँच लाख सरकारले उपलब्ध गराउनेछ’– प्रधानमन्त्री ओलीले बिस्थापितहरुलाई नआत्तिन अनुरोध गर्नुहुँदै भन्नुभयो, ‘सरकारले ब्यवस्थित नीति निर्माण गरी पुनर्निर्माण गर्न कत्तिपनि ढिलाई गर्नेछैन ।’ प्रधानमन्त्री ओलीले बाढीले क्षति पु-याएको हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी विकास समितिको तर्फबाट दुई करोड सहायता रकम हस्तान्तरण गर्नुभयो ।




