Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विश्‍व बैंकले नेपाललाई भन्‍यो - निःशुल्क खोप कुरेर नबस

विश्‍व बैंकले नेपाललाई भन्‍यो - निःशुल्क खोप कुरेर नबस

images
  • समाचार
  • आषाढ २५, २०७८ शुक्रवार १५:४६ बजे
  • 535
    SHARES
  • विश्‍व बैंकले नेपाललाई भन्‍यो - निःशुल्क खोप कुरेर नबस
    images

    कोरोना भाइरसविरुद्धको खोपको पर्खाइमा रहेको नेपाललाई विश्‍व बैंकले खोप खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा नगर्न पनि सुझाएको छ । 

    निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने बताएका छन् । विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो ।

    निर्देशक फरिसले पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुनेसमेत बताएका छन् । "खोप खरिदका लागि विश्व बैंकले नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको छ," उनले भने, "थप १६० मिलियन डलर एशियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ ।"

    नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको उनको भनाइ थियो । उनले भने, "पैसा मुख्य कुरा होइन । मुख्य कुरा नेपालले आफ्नो पूर्ण जनसंख्यालाई कसरी खोप लगाउँछ भन्ने महत्वपूर्ण कुरा हो ।"

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology