Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली पासपोर्ट विश्वकै खराब श्रेणीमा, जापान विश्वकै सर्वाधिक बलियो

नेपाली पासपोर्ट विश्वकै खराब श्रेणीमा, जापान विश्वकै सर्वाधिक बलियो

images
  • समाचार
  • आषाढ २५, २०७८ शुक्रवार १४:३९ बजे
  • 1.5K
    SHARES
  • नेपाली पासपोर्ट विश्वकै खराब श्रेणीमा, जापान  विश्वकै सर्वाधिक बलियो
    images

    काठमाडौं,

    पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ ।

    नेपाली पासपोर्ट १०९ स्थानमा विश्वकै खराबको श्रेणीमा परेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ । नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ । सबैभन्दा पुछारमा सार्क मुलुक अफगानिस्तान ११६ नम्बरमा छ ।

    विश्वकै बलियो पासपोर्ट (क्रमानुसार)
    १) जापान (१९३ गन्तव्य)
    २) सिंगापुर (१९२ गन्तव्य)
    ३) जर्मनी, दक्षिण कोरिया (१९१ गन्तव्य)
    ४) फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग, स्पेन (१९० गन्तव्य)
    ५) अष्ट्रिया, डेनमार्क (१८९ गन्तव्य)
    ६) फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, स्वीडेन (१८८ गन्तव्य)
    ७) बेल्जियम, न्यूजिल्यान्ड, स्वीटजरल्यान्ड, बेलायत, अमेरिका (१८७ गन्तव्य)
    ८) चेक रिपब्लिक, ग्रीस, माल्टा, नर्वे (१८६ गन्तव्य)
    ९) अष्ट्रेलिया, क्यानडा (१८५ गन्तव्य)
    १०) हंगेरी (१८४ गन्तव्य)

    विश्वकै दस खराब पासपोर्ट (क्रमानुसार)
    १०८) उत्तर कोरिया (३९ गन्तव्य)
    १०९) नेपाल (३८ गन्तव्य)
    ११०) प्यालेस्टाइनी टेरिटोरिज (३७ गन्तव्य)
    १११) सोमालिया (३४ गन्तव्य)
    ११२) यमन (३३ गन्तव्य)
    ११३) पाकिस्तान (३२ गन्तव्य)
    ११४) सिरिया (२९ गन्तव्य)
    ११५) इराक (२८ गन्तव्य)
    ११६) अफगानिस्तान (२६ गन्तब्य)

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology