Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

मानव बेचबिखनकाे नयाँ गन्तव्य कम्बोडिया, एक नेपाली महिला विक्री

मानव बेचबिखनकाे नयाँ गन्तव्य कम्बोडिया, एक नेपाली महिला विक्री

images
  • समाचार
  • आषाढ २५, २०७८ शुक्रवार १३:५९ बजे
  • 481
    SHARES
  • images

    असार २४ गते, काठमाडौँ,

    फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु-याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।    
         
    उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पु¥याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पु¥याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।    
        
    उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिनुभयो ।    

    images
  • सम्बन्धित विषय:

  • # मानव बेचबिखन

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology