नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेको अवस्थामा भेटिएको छ। प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ ।
प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । प्रहरीले यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट समेत भेटिएको छ ।
जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।
जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।
उनको आत्महत्यापछी सामाजिक सञ्जालमा धेरै चलचित्रकर्मीहरूले श्रदाञ्जलि ब्यक्त गरेका छन्।
सत्यनेपाल न्युज परिवारको तर्फबाट पनि निजको आत्माको चिरशान्तिको लागि हार्दिक श्रदाञ्जलि!!!




