Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन

सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन

images
  • समाचार
  • आषाढ २३, २०७८ बुधवार १३:१३ बजे
  • 985
    SHARES
  • सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन
    images

     

    असार २२ गते, काठमाडौँ,   

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । सो समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विश्लेषण गर्न भनिएको छ ।    

    कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा समेत प्रतिवेदन पेश गर्न भनिएको छ । अहिले भएका क्षतिसँगै आगामी दिनमा पुल निर्माण गर्दा अपनाउनुपर्ने सावधानीका विषयसमेत समेट्नुपर्ने मन्त्रालयले जनाएको छ ।    

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology